नेपाल एसबिआई बैंकले प्रस्ताव गर्यो १६.२३ प्रतिशत लाभांश

काठमाडौं । नेपाल एसबिआई बैंकले अघिल्लो आ.व.को मुनाफाबाट १५ दशमलव ४२ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १५ दशमलव ४२ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शुन्य दशमलज ८१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा कमाएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्