विमान स्थलको बैकल्पिक स्थानको खोजीमा पर्यटन मन्त्री, १५ दिनभित्रै स्थान छनौटको टुंगो लाग्ने

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा जहाको चाप बढ्दै जाँदा यसको विकल्पको खोजि भएको छ । यसको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा आन्तरीक विमानस्थल निर्माण गर्न १५ दिनभित्रै स्थान छनौट गर्ने भएको छ । मन्त्रालयले उपयुक्त स्थान छनौट गर्नको लागि एक कार्यदल समेत गठन गरिने भएको छ ।
पर्यटनमन्त्री रबिन्द्र अधिकारीले मंगलबार काभ्रेका प्रस्तावित तीनवटै विमानस्थलको स्थलगत अध्ययन गरेपछि यस्तो निर्णय गरेको हो । बनेपा नगरपालिकाको नागीडाँडा र धुलिखेल नगरपालिकामा पर्ने ठूलीचौरको यसअघि नै प्रारम्भिक अध्ययन गरीएको थियो ।

यस्तै अको विकल्पमा चिसापानी ठूलीचौरको पनि मन्त्रीसहितको टोलीले अध्ययन गरेको छ । तर, यो काठमाडौंबाट दूरीका हिसाबले नाँगीडाडा र ठूलीचौर विमानस्थल भन्दा टाढा हुने विज्ञहरु बताउँछन् ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशन संजीव गौतमका अनुसार ठूलीचौरमा विमानस्थल निर्माण गर्ने हो भने ६० प्रतिशत बराबरको जग्गा अधिग्रहण गर्नुपर्छ । तर, नागीडाँडामा गर्ने हो भने २० प्रतिशत मात्रै निजी जग्गा अधिग्रहण गरे पुग्छ ।’ यि दुवै स्थानमा १२ सय मिटरको विमानस्थल निर्माण गर्नका लागि कुल ५ अर्ब बराबरको खर्च लाग्ने गौतम बताउँछन् । ८ सय मिटरको बिमानस्थल निर्माण गर्ने हो भने चाही साढे ३ अर्ब मात्रै लाग्नेछ ।

यसअघि भएको प्रारम्भिक संभाव्यता अध्ययनको रिपोर्टमा उल्लेख भएअनुसार नागीडाँडामा बिमानस्थल निर्माणका लागि २० देखि ३० मिटरसम्म जमीन कटान गर्नुपर्छ । र, ठूलीचौरमा बिमानस्थल निर्माण गर्ने हो भने चाँही ४५ मिटरसम्म जमिन कटान गर्नुपर्छ ।

दुवै स्थानमा २५ देखि ३० वटा विमान पार्किङ गर्न मिल्ने गरी विमानस्थल निर्माण गर्न सकिन्छ । साथै विमानस्थल ३ सय मिटरसम्म चौडा बनाउन सकिन्छ । मौसमका हिसावले दुवै स्थानमा कुइरो नलाग्ने प्रारम्भिक अध्ययनमा देखिएको गौतम बताउँछन् ।

नागीडाँडा र ठूलीचौरमा सम्भाव्यता अध्ययन सकिएको ६ वर्ष बित्न लाग्यो । तर दुवै स्थानमा भौतिक प्रगति भने शुन्य छ । प्रत्येक जसो पर्यटन मन्त्री नियुक्त भएपछि त्रिभुवन बिमानस्थलको ट्राफिक चाप हटाउन काभ्रेमा बिमानस्थल निमाणको कुरा गर्न रको पाइन्छ, तर यसको कार्यान्यन भने अगाडी बढाएको पाँईदैन ।
याृ सरकार स्थायी र ५ वर्षक हुने भएकाले यस कार्यले तदरुकता पाईन्छ की भन्ने आसा गर्न सकिन्छ ।
‘१५ दिनभित्रै उपयुक्त स्थान छनौट गर्छु, मेरो कार्यकालको १ सय दिन भित्रमा यसको स्थान छनोट भइसकेको हुन्छ,’ मन्त्री अधिकारीले भने ।

भैरहवा विमानस्थल र पोखरा विमानस्थल बनेसँगै त्रिभुवन विमानस्थलमा आन्तरिक उडानको चाप कम हुने कैयनको आँकलन छ । तर, मन्त्री अधिकारी भने अहिले काठमाडौंबाट हिमाली क्षेत्र तर्फ हुँदै आएको उडान गर्नका लागि काभ्रेमा आन्तरिक विमानस्थल निर्माण अत्यावश्यक रहेको बताउँछन् ।

काठमाडौंको आकाशमा भिजिबिलिटी कम भएपछि कैयन समय आन्तरिक तथा बाहृय उडान प्रभावित हुने गरेका छन् । तर , ठूलीचौर नागीडाँडामा भने कुइरो नलाग्ने भएका कारण पहाडी क्षेत्रमा उडान गर्नका लागि मौसमको समस्या नहुने उनको दावी छ ।

काभ्रेमा बिमानस्थल निर्माण भएपनि आन्तरीक उडान गर्ने ठूला खालका विमान भने त्यहाँ ल्यान्ड गर्न सक्दैनन् । किनकी ठूला विमानका लागि १५ सय मिटरससम्मको रन वे आवश्यक पर्छ ।

अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३५ प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन् । त्यसबाहेकको ६५ प्रतिशत उडान ट्रंक रुटमा हुन्छ । ठूलीचौर र नागिडाँडा विमानस्थलका लागि उपयुक्त हुने साना जहाज भनेका ट्विनअटर, डोर्नियर, वाई १२ हर्बिन र एलईटी मात्र हुन् । सरकार गठन नै पिच्छे विमान स्थलको अवधाररणा र अध्ययन हुन्छ र यसको कार्यान्वयन भने शुन्य नै हुने गरेको छ । यो सरकारले यसलाई कसरी लिन्छ । त्यो भने भविष्यले बताउला ।

प्रतिक्रिया दिनुहोस्