सुन प्रति तोला २३ सय रुपैयाँले बढ्यो, चाँदीमा भने घट्यो
काठमाडौं,१७ जेठ । आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २३ सय रुपैयाँले बढेर १ लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको लाख ३९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।
त्यसैगरि आज चाँदीको भाउ प्रति तोलामा ३० रुपैयाँले घटेर १९ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्