लगानीकर्ता सकारात्मक, अब सेयर बजार बढ्छ

काठमाडौं,१६ जेठ । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

यस बजेटमा पुँजी बजारसँग सम्बन्धित व्यवस्था कार्यान्वयन भए बजार उकालो लाग्नेमा लगानीकर्ताहरू बिश्वतमा छ । बजेटमा निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा पुँजी बजारमा सूचीकरण गरिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाले पुँजि बजारको दायरा फराकिलो हुने लागानीकर्ताको अनुमान छ ।

सेयर लगानीकर्ता क्रमश सेयर बजारमा सुधार हुँदै जाने बताउँछन् । राष्ट्र बैंक नकरात्मक नबने सेयर बजार निश्चि रुपमा बढ्ने नै हो । नेप्सेमा विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने सुझाव दिएअनुसार बजेटमा सम्बोधन गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तुत भएको बजेटमा नेप्सेको पुर्नसंरचना गर्ने भनिएको छ । धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण र सीडीएससीको संरचनागत सुधार गरिने विषय समेत बजेटमा समावेश गरिएको छ ।

नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे पनि बजेटमा भनिएका कुराहरू मौद्रिक नीतिमा समेटियो भने बजार क्रमश सुधार हुने बताउँछन् ।

बजेटमा लगानीकर्ताले सोचे र माग गरेअनुसारका कुराहरू सम्बोधन भएको छैन । संरचनागत सुधार गर्ने विषय पहिलादेखि नै उठ्दै आएको हो । निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था लागु भयो भने बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

अर्थमन्त्री पुनले आगामी वर्षको बजेटमा लगानीकर्ताहरुले लामो समयदेखि उठाउँदै मागहरूका विषयमा केही बोलेका छैनन् । तथापि बजेटले पुँजी बजारलाई नकरात्मक हुने अंकुश भने नलगाएको लगानीकर्ताहरूलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्