कन्काई विकासको लिलामीको शेयरमा आवेदन गर्ने म्याद थप

काठमाडौं । सरकारले सार्वजनिक विदा घोषणा गरेपछि कन्काई विकास बैकंले लिलामीमा राखेको शेयरमा आवेदन गर्ने म्याद थप गर्नुपर्ने भएको छ । बैंकले निष्काशन गरेको लिलामीको शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रबार सम्म रहेको थियो ।

बैंंकले यस अघि हकप्रद शेयर विक्री खुला गरी बाँकी रहेको संस्थापक तर्फको ३ लाख ८१ हजार ६ सय ५० कित्ता र सर्वसाधारण तर्फको १ लाख ६८ हजार २ सय ८७ हजार कित्ता अवितरित हकप्रद शेयर असोज ३१ देखि लिलाम विक्री खुला गरेको थियो । जसमा आवेदन गर्ने म्याद आज अन्तिम थियो ।

सरकारले विहीबार मात्रै छठको अवसरमा शुक्रबार पनि थप एकदिन सार्वजनिक विदा दिने घोषणा गरेको थियो । अब कम्पनीले आइतबार एकदिन लिलामीको सेयरमा आवेदन गर्ने म्याद थप्नु पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्