सुन र चाँदी दुबैको मूल्य सामान्य बढ्यो

काठमाडौं,१६ जेठ । बुधबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी बुधवार तोलामा १० रुपैयाँले बढेर प्रतितोलमा १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्