आर्थिक वृद्धि ६ प्रतिशत पुर्याउने लक्ष्य

काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट घोषणाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिइएको बताए ।

त्यस्तै मूल्यवृद्धि ५।५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ । गत बजेटमा सरकारले चालु आवका लागि ६ प्रतिशतकै आर्थिक वृद्धि लक्ष्य लिए पनि ४ प्रतिशतमाथि नजाने विभिन्न प्रक्षेपणले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्