सीता दाहाल संस्थान खोल्ने सरकारको घोषणा

काठमाडौं, १५ जेष्ठ । प्रधानमन्त्री प्रष्पकमल दाहाल (प्रचण्ड) की स्वर्गीय पत्नीका नाममा सीता दाहाल संस्थान खोल्ने सरकारले घोषणा गरेको छ । आर्थिक वर्ष २०८१८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

 

बजेट वक्तव्यमा काठमाडौं विश्वविद्यालय अन्तर्गत सीता दाहालको नाममा योग क्षेत्रको अध्ययन संस्थान खोल्ने उल्लेख गरिएको अर्थमन्त्रीले बताए। उनले सीता दाहाल संस्थानको स्थापनाको लागि बजेट छुट्याएको पनि खुलाए ।

प्रतिक्रिया दिनुहोस्