पाँच लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने

काठमाडौं, १५ जेष्ठ । सरकारले पाँच लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै भूमि आयोगमार्फत थप पाँच लाख परिवारलाई लालपूर्जा दिने घोषणा गरेका हुन्।

यसकासाथै, सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको पनि अर्थमन्त्री पुनले बताए । उनका अनुसार मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गरिने भएको छ।

त्यस्तै,सरकारले देशभरका जग्गाको नापनक्साको काम थप परिपक्व गर्ने पनि बजेटमा उल्लेख गरेको छ । अर्थमन्त्रीले नापजाँच बाँकी रहेका जग्गाको आधुनिक प्रविधिबाट नापजाँच गरिने पनि घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्