स्टार्टअप प्रवर्द्धन गर्न १ अर्बको स्टाटअप कोष खडा गरिने
काठमाडौं, १५ जेष्ठ । सरकारले स्टार्टअप प्रवर्द्धन गर्न १ अर्बको स्टाटअप कोष खडा गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्टार्टअप कोष खडा गरेको बताए।
यस्तै अर्थमन्त्री पुनले बजेटमार्फत स्टार्टअप बोर्ड गठन गरिने समेत घोषणा गरेका छन्।अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए।
प्रतिक्रिया दिनुहोस्