आर्थिक वृद्धिदर ३.९ प्रतिशतले मात्रै हुने

काठमाडौं, १५ जेष्ठ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३।९ प्रतिशतले मात्रै हुने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक वृद्धिदर ३।९ मा सीमित हुने बताएका हुन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले आर्थिक वर्ष २०८१ देखि २०९१ को अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्