सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि

काठमाडौं, १४ जेष्ठ । सुनको मुल्यमा वृद्धि भएको छ । साताको दोस्रो दिन सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ८८० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८५५ रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मुल्य वृद्धिले आमा उपभोक्तालाई सुन खरिद गर्न कठिन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्