सुनचाँदीका मूल्य लगातार घट्दै

काठमाडौं,११ जेठ । सुनको शुक्रबार तोलामा १८ सय रुपैयाँ घटेको छ । योसहित तीन दिनमा लगातार घटेको हो । बिहिबार पनि सुन १८ सय घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ३८ हजार ७ सयमा कारोबार भएको थियो । सोमबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा तोलाको १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय ५५ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्