सुनचाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं,१० जेठ । आज बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएकोे छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७ सयर रुपैयाँमा कारोबर भइरहेको छ ।

तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको भाउ भने ३५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । आज चाँदी तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्