सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं,६ जेठ । आज आइतबार सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि १६ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको भाउ ११० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । आज चाँदी तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्