नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षकको सरुवा ,को कहाँ गए ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ ।
साढे ३३ किलो सुन काण्डमा प्रहरी उपरीक्षक विकास राज खनाल पक्राउ परेपछि उहाको ठाउँ मकवानपुरमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ ।
यस्तै राजन अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धानबाट सुनसरी जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
केन्द्रिय अनुसन्धान व्यूरोका जीवन श्रेष्ठलाई सिरहा पठाइएको छ भने कञ्चनपुरका एसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरिक्षकको सचिवालयमा ल्याइएको छ ।
त्यस्तै महानगरिय ट्राफिक प्रहरी कार्यालयबाट डम्बर विकलाई जिल्ला प्रहरी कार्यलय धादिङ्ग सरुवा गरिएको छ भने सिरहामा कार्यरत शेखर कोइरालालाई ट्राफिक निर्देशानालय ल्याइएको छ ।
धादिङ्ग जिल्ला प्रहरी कार्यलयबाट ध्रुव राउतलाई अनुसन्धान विभागमा काज सरुवा गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्