मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः शेयर बजारलाई देखाएन लचकता

काठमाडौं,४ जेठ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचक नीति लिएको छ । केन्द्रीय बैंकले हायर पर्चेज कर्जाका जोखिम भार घटाएको छ भने असल कर्जामा गर्नुपर्ने प्रोभिजन पनि घटाएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिने केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने समीक्षामा उल्लेख छ।

राष्ट्र बैंकले शेयर कर्जामा भने लचक नीति लिएको छैन । लगानीकर्ताले शेयरधितो कर्जाको क्याप हटाउनुपर्ने र जोखिमभार घटाउनुपर्ने माग गरिरहेको मा त्यसलाई यस पटक पनि केन्द्रीय बैंकले सम्बोधन गरेको छैन ।

मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यसैगरि, घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्