पौडेल समूहको चेतावनी पछि कांग्रेस केन्द्रीय सदस्य बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी चुन्नका लागि सोमबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पदाधिकारी चयन गर्न आवश्यक परामर्शको लागि बैठक स्थगित गरिएको हो । पौडेल समूहले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक २१ गतेसम्मको लागि बैठक स्थगित भएको हो । कांग्रेसको महाधिवेशन भएको दुई वर्ष वितिसक्दा पनि पदाधिकारीको चयन हुन सकेको छैन ।

कांग्रेसको विधानमा महाधिवेशन सकिएको २ महिनाभित्र पदाधिकारी चयन गरिसक्नु पर्ने व्यवस्था छ । विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री, दुई जना सह–महामन्त्री र एक प्रवक्ता मनोनयन गर्ने व्यवस्था छ । सभापति शेरबहादुर देउवाले दुई महिना अघि विश्वप्रकाश शर्मालाई प्रवक्तामा मनोनयन गरेका छन् तर उपसभापति , महामन्त्री र सहमहामन्त्री भने मनोनयन गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्