सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी

काठमाडौं,२ जेष्ठ । बुधबार सुनचाँदीको मूल्यमा बढोत्तर भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यसैगरी,चाँदीको मूल्य ५ रुपैयाँले बढोत्तरी भएको छ । आज चाँदी प्रतितोला एक हजार ७४५ रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्