सहकारी नियमन गर्न छिट्टै दोस्रो तहको नियामक नियामक गठन गर्ने

काठमाडौं,१ जेष्ठ । सरकारले सहकारी क्षेत्रको नियमन गर्न छिट्टै विशिष्टकृत दोस्रो तहको नियामक नियामक गठन गर्ने बताएको छ । मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।

राष्ट्रपतिले सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि विशिष्टिकृत दोस्रो तहको नियामक, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण गठन गर्ने बताए ।

त्यसैगरि, उनले बचत तथा ऋण सहकारी संस्थाको मर्जरलाई प्रभावकारी रुपमा अगाडि बढाइने नीति तथा कार्यक्रमले सहकारी क्षेत्रको लागि विगतकै योजनालाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्