माइक्रोबस दुर्घटना, ११ जना घाइते

काठमाडौं।  मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँमा माइक्रोबस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा४ख ६९१६ नम्बरको माइक्रोबस सोमबार बिहान दुर्घटना भएको हो ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि इटहरी र विराटनगर लगिएको छ ।

माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्