३०० प्रहरी जवान हवल्दारमा बढुवा

काठमाडौं।  लामो समयदेखि रिक्त रहेको नेपाल प्रहरीको हवल्दार पदमा आज बढुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार बढुवा प्रकृया अगाडि बढाएको हो। पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरिएको छ। केही दिन अघिमात्र ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाको लागि सिफारीस गरिएको थियो।

माथिल्लो तहको बढुवा नियमित भएपनि तत्लो तहका प्रहरीको बढुवा लामो समयदेखि हुन सकेको थिएन। हेडक्वाटरले केहि दिन अघिमात्र ५ हजार जवानको एकैचोटी सरुवा गरेको छ।

नेपाल प्रहरीको संगठन प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले तल्लो तहका प्रहरीको सेवालाई ध्यान दिएर काम गर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्