सुनचाँदीको दुबै मूल्यमा बढोत्तरी

काठमाडौं,२८ वैशाख । शुक्रबार सुनचाँदीको मूल्यमा बढोत्तरी भएको छ । सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोवार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्