सुनको भाउ घट्यो, बढ्यो चाँदी

काठमाडौं,२७ वैशाख । बिहिबार सुन भाउ घटेको छ भने चाँदीको भाउ सामान्य बढेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि ८ सय रुपैयाँले नै घटेको छ । तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ १० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । आज चाँदी तोलाको १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्