सुन र चाँदी दुवैको मूल्य सामान्य बढ्यो

काठमाडौं,२५ वैशाख । सुन आज तोलामा ८०० र चाँदी १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३३२.५५ डलरमा र चाँदी प्रतिऔंस २७ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्