सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी

काठमाडौं,२४ वैशाख । सोमबार सुनचाँदीको दुबै बहुमुल्य धातुको मूल्यमा बढोत्तरी भएको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार ६६० रुपैयाँमा कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्