पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २४ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू(भागमा मुख्यतया मौसम सफा भएको छ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ ।

भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। नेपालमा डढेलोको कारण देशैभर प्रद्षण बढेको छ । र यसले गर्दा जनजीवन प्रभावित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्