सरकारलाई मानव अधिकार आयोगद्वारा रूस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको चाँडो उद्धार गर्न आग्रह

काठमाडौं, २३ बैशाख । मावन अधिकार आयोगले रूस(युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

आइतबारका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘ युद्धमा परी मृत्यु भएकाहरुको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरुको उपचारको व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहने नेपालीहरुलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन एवम् आमरण अनसनमा बसेका कृतु भण्डारी लगायतका व्यक्तिहरुको जीवन रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

यस्तै उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षा गर्न आयोगले आग्रह गरेको छ ।

आयोगमा उजुरी प्राप्त हुनुका साथै रुसी सेनामा रहेका व्यक्तिहरुका परिवार तथा आफन्तलगायतले उद्धारका लागि पहल गरिदिन भनी काठमाडौँको रत्नपार्कमा जारी राखेको आमरण अनसन स्थलको समेत आयोगले अनुगमन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्