सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं,२३ वैशाख । हप्ताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ भने आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुन तोलाको एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुन एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरि, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य एक हजार ६४० रुपैयाँमा किनबेच भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्