सबै संस्थागत विद्यालयहरुलाई छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन जेठ २ को समयसिमा

काठमाडौं,२० वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेठ २ गतेभित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन सबै संस्थागत विद्यालयहरुलाई निर्देशन दिएका छन् ।

आज बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण जेठ २ गतेको समय सिमा भित्र पठाउन निर्देशन दिएका हुन् ।

शाहले नियमअनुसार विवरण पेस नगरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदैसम्मको कारवाही गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्