सुनको मूल्य तोलामा २ हजार र चाँदी १५ रुपैयाँले बढ्यो

काठमाडौं,२० वैशाख । बुधवार प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज २ हजार र चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १६ सय ४५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३१९ डलरमा र चाँदी प्रतिऔंस २६.२८ डलरमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्