नेपाल सेवाको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख १२ गतेदेखि निष्कासन गरेको साधारण सेयर (आईपिओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । वित्तीय संस्थाले एक सय रुपैयाँ अंकित दरको एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गरेको हो ।

वित्तीय संस्थाले जारी पूँजीको ३० प्रतिशत अर्थात एक लाख ६७ हजार ४ सय कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । एक लाख ८० हजार कित्तामध्ये दुई प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामूहिक लगानीकोषहरुका लागि छुट्याइएको छ ।

लघुवित्तले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ । लगानीकर्ताले आफ्नो खाता रहेको बैंकको शाखाबाट सी आश्वा मार्फत तथा मेरो शेयरको सुविधा लिएका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट सी आश्वा मार्फत आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम ५० तथा अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्