नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान

काठमाडौं,१८ वैशाख । चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार लेखा तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/०८१ मा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको हो ।

यो वर्ष गत वर्षको तुलनामा केहि वृद्घि हुने अनुमान गरिएको हो । गत वर्ष २०७९/०८० मा आर्थिक वृद्धिदर १.८६ प्रतिशत थियो । यस्तै चालु आर्थिक वर्षमा आधारभुत मूल्य वृद्धिदर ३.५४ प्रतिशत हुने अनुमान गरिएको छ । कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान हो ।

चालु आर्थिक वर्ष नेपालीको प्रतिव्यक्ति आय १४५६ डलर हुने अनुमान छ । विभिन्न क्षेत्रको मूल्यांकन तथा मापन गरेर आर्थिक वृद्धिको अनुमान हुँदै आएको छ । १८ वटा आर्थिक क्षेत्रका क्रियाकलापको विश्लेषण गरेर सहित यो अनुमान निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस्