सुनको मूल्य घट्यो, चाँदीको सामान्य बढ्यो

काठमाडौं,१७ वैशाख । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावि सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ६६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्