ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुने आधार तयार भएको छ : गभर्नर अधिकारी

कठमाडौं, १४ बैशाख । गभर्नर महाप्रसाद अधिकारीले तरलता बढेको र ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुने आधार तयार भएको बताएका छन् । केन्द्रीय बैंकको ६९ औं वार्षिकोत्सबमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बैंक तथा वित्तिय संस्थामा तरलता बढेको र ब्याजदर घटेकोले राष्ट्र बैंकको नीति समेत लचिलो बन्दै गएको धारण ब्यक्त गरेका थिए । अहिले कर्जा असुलीमा दबाब रहँदा खराब कर्जा बढेको उनले बताए । आगामी दिनमा कर्जा असुली पनि सहज हुँदै जाने अधिकारी बताए ।

प्रतिक्रिया दिनुहोस्