रेमिट्यान्स बढी भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित

काठमाडौं,१४ बैशाख । नेपाल राष्ट्र बैंकले सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने ३ बाणिज्य बैंक र ३ कम्पनीलाई सम्मानित गरेको छ । राष्ट्र बैंकको बार्षिकोत्सव पारेर ती बैंक तथा कम्पनीहरू सम्मानित भएका छन् ।

सम्मानित भएका बैकहरूमा क्रमश् ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र नेपाल एसबिआइ बैंक छन् ।

त्यसैगरी, रेमिट्यान्स कम्पनीमा आइएमई लिमिटेड, सिटि एक्सप्रेस र इसेवा मनि ट्रान्सफर रहेका छन् । त्यस्तै भुक्तानी सेवा प्रदायकहरुमा खल्ती र इसेवा समेत सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्