स्वस्थ रहन अपनाउनुस यि उपाय, टिप्स यस्ता छन् !

स्वस्थ रहन हाम्रो शरीरलाई ४० भन्दा बढी पोषक तत्वको आवश्यकता पर्छ र कुनै एकल भोजनले ती सबै तत्व परिपूर्ति गर्न सक्दैन । त्यसैले सन्तुलित रूपमा विभिन्न प्रकारका पोषणयुक्त खानाको सेवन गर्नुपर्छ । त्यसैले भोजनमा विविधता ल्याउन जरुरी हुन्छ ।

कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थको अत्यधिक प्रयोग गर्नुपर्छ । चामल, पास्ता, आलु, रोटीलगायतका कार्बाेहाइड्रेटयुक्त खाद्यान्नलाई आफ्नो डाइट चार्टमा समावेश गर्नुपर्छ ।

स्वस्थ रहन शरीरमा बोसो आवश्यक हुन्छ । यद्यपि, बोसोको मात्रा बढ्यो भने हाम्रो शरीरको तौल र कार्डियोभास्कुलरमा खराब असर गर्छ ।

त्यसैले फ्याटलाई सन्तुलित राख्न चिल्लोयुक्त खानेकुरा कम प्रयोग गर्नुपर्छ । मांसाहारी खानेकुरा सेवन गर्नुहुन्छ भने बोसो हटाउनुपर्छ । उमालेको वा स्टिम गरेको खानेकुराको बढी प्रयोग गर्नु राम्रो हुन्छ ।

फलफूल र तरकारीमा हाम्रो शरीरलाई आवश्यक भिटामिन, खनिज र फाइबर हुन्छ । दैनिक रूपमा हामीले कम्तीमा पाँचपटक खाने प्रयास गर्नुपर्छ । प्रत्येकपटक फलफूल र तरकारीको प्रयोग गर्दा शरीर स्वस्थ रहन्छ ।

खानामा नुन र चिनीको मात्रा पनि घटाउनुपर्छ । नुनको अत्यधिक प्रयोगले ब्लडप्रेसर र मुटुरोगको खतरा बढाउँछ । त्यस्तै, कम सोडियमयुक्त खाद्यसामग्री खरिद गर्नुपर्छ ।

चिनीजन्य पदार्थको अत्यधिक प्रयोग गर्दा पनि स्वास्थ्यमा प्रतिकूल असर गर्छ । त्यसैले अत्यधिक चिनी प्रयोग भएका पेय पदार्थ वा मिठाई सेवन गर्नुको साटो फलफूल खाँदा राम्रो हुन्छ ।

समयमा खाना नखाने, नियमित रूपमा नखाने र जंकफुडमा आश्रित हुनाले विभिन्न समस्या बढ्छन् । स्वस्थ रहन दैनिक रूपमा एउटै समयमा भोजन गर्नुपर्ने हुन्छ । भोजनबाट टाढा रहने वा भोक छल्ने उपाय अवलम्बन गर्नाले स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् ।

नास्ताका लागि हामीले दही, ताजा फलफूल र तरकारी, बदाम, गाँजर, पनिरजस्ता स्वस्थकर परिकारको चयन गर्नुपर्छ । खानामा सलादको नियमित प्रयोग गर्नु राम्रो हुन्छ ।

वयस्क व्यक्तिले दैनिक कम्तीमा पनि एक दशमलव पाँच लिटर तरल पदार्थ सेवन गरेको हुनुपर्छ । यसको सबैभन्दा उत्तम स्रोत पानी हो । पानीको मात्रा कम हुँदा शरीरमा विभिन्न रोग देखिन सक्छ । फलफूलको रस, चिया, दूध र अन्य पेयले पनि शरीरमा तरल पदार्थको मात्रा पूरा गर्छन् र तपाईंलाई स्वस्थ रहन सघाउ पु¥याउँछन् ।

प्रतिक्रिया दिनुहोस्