प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारणसभा कहाँ र कहिले ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस पारित गर्न मंसिर १ गते होटल इच्छा सिमरामा १६ औं बार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्स सञ्चालक समितिको गत असोज ६ गते शुक्रबार सम्पन्न १७२ औं बैठकले सो लाभांस प्रस्ताव गरेको थियो ।

साधारण सभा प्रयोेजनका लागि इन्स्योरेन्सले कात्तिक १७ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार कात्तिक १६ गते बिहीबारसम्ममा सेयर खरिद गरेका लगानीकर्ताले कम्पनीको बोनस प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने आठ करोड ५५ लाख ३६ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत बराबरको ४५ लाख एक हजार ८९५ रुपैयाँ नगद लाभांश प्रस्ताव पनि साधारण सभाबाट पारित गर्नेछ ।

बोनस वितरणपछि कम्पनीको चुक्क्ता पूँजी ५१ करोड ३२ लाख १६ हजार रूपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्