आज सुनको भाउ २०० र चाँदीको १५ रुपैयाँ प्रति तोला घट्यो

काठमाडौं, बैशाख । आज सुनको २०० रुपैयाँले र चाँदीको प्रतितोला १५ रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको भाउ २०० रुपैयाँले घटेर १ लाख ३५ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरि आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १६ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्