सुनको मूल्य एकैदिन प्रति तोला २७ सय र चाँदी ४५ रुपैयाँले घट्यो

काठमाडौं,११ बैशाख । सुनको मूल्य आज तोलामा २७ र सयचाँदी ४५ रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १६ सय ६० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३०५ डलर र चाँदी प्रतिऔंस २६।९८ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्