८५० ग्राम सुन विमानस्थलबाटै बरामद

काठमाडौं, ७ बैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।

शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो ।

उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्