सुनको भाउ हालसम्मकै महँगो

काठमाडौं,७ बैशाख । आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार तेजावी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

त्यस्तै, चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
रसिया र युक्रेन युद्घजारी छ फेरी मध्यपूर्वमा इरान र इजरायलबीच पनि युद्घको सम्भावना बढ्दा लगानीकर्ताले सबै भन्दा बढि सुरक्षित पहेलो धातुमा खरिदारी बढाएपछि मूल्लले एकपछि अर्को नयाँ रेकर्ड बनाइ राखेको छ ।

प्रतिक्रिया दिनुहोस्