सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने घट्यो

काठमाडौं,५ बैशाख । मगंलबारका दिन रेकर्ड बनाएको सुनको मूल्य आज भने स्थिर रहेको छ । चाँदीको मूल्यमा केहि गिरावट आएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ छ ।

त्यसैगरि, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेर १७ सय १५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३८१।३३ डलर र चाँदी प्रतिऔंस २८।१४ डलरमा कारोबार भइ राखेको छ ।

प्रतिक्रिया दिनुहोस्