डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं,५ बैशाख । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

पछिल्ला दिनमा डलरको तुलनामा भारतीय रुपैयाँ निरन्तर रुपमा कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाको कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।

नेपालको आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । नेपालको बढ्दो रेमिटान्सका कारण केहि राहात भने भएको छ ।

प्रतिक्रिया दिनुहोस्