साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छ, पर्यटनमन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताएका छन् ।
उनले आज लुम्बिनीमा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्रा्ष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी रहेको बताउनु भयोे ।
मन्त्री अधिकारीले साढे दुई वर्षको अवधिमा लुम्बिनी गुरुयोजना पूरा बताउनु भयो । उहाले तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनीलाई सडक सञ्जालले जोड्ने ग्रेटर लुम्बिनीको अवधारणा अघि ल्याइएको बताउनु भयो ।
यस्तै कार्यक्रममा पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाललाई शान्ति वार्ताको थलो र बौद्धसँग सम्बन्धित विषयको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न पहल गरिने बताउनु भयो ।
उहाले विगतमा भएका अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनले बुद्धको जन्म नेपालको लुम्बिनीमा नै भएको र त्यसलाई पाठ्यक्रममा समेट्ने विषयमा भारतले समेत समर्थन गरेको उल्लेख गर्दै नेपाल बौद्ध दर्शनको स्रोतका रुपमा समेत स्थापित हुन सक्ने बताउनु भयो ।
अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती व्यवस्थापन समितिका संयोजक तथा लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनलाई निरन्तरता दिन खोजिएको र त्यसले बुद्धसँग सम्बन्धित सबै विषयलाई स्थापित गर्न लागेको बताउनु भयो ।
सम्मेलनमा तेइस देशका विभिन्न मुलुकबाट बौद्धसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत भएका छन् ।
दुई दिनसम्म चल्ने सो सम्मेलनमा ७० जना विदेशी प्रोफेसर, प्रकाण्ड धर्मगुरु र बौद्ध विद्वान्को सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्