सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्ने संकेत

काठमाडौं,४ बैशाख । आज सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य एक हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँ कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । आज बजारमा चाँदी एक हजार ७५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार यस्तो मूल्य तोलाको एक हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो । अहिले इरान र इजरायल बिचको युद्ध र डलरको भाउ बढेका कारण सुनको मूल्य एकपछि अर्को दिन बढ्दै गएको र आगामी दिनमा थप बढ्ने बजार बिष्लेषकहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्