ग्याँस र पेट्रोलियम पदार्थ प्रतिस्थापन गर्ने सरकारको तयारी, सिञ्चाइमन्त्री पुन

काठामाडौं । उर्जा जलश्रोत तथा सिञ्चाइमन्त्री बर्षमान पुनले सरकारले ग्याँस र इन्धन आयात प्रतिस्थापन गर्ने तयारी गरेको बताएका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको नुवाकोटमा शिलान्यास गर्दै मन्त्री पुनले ग्यास र पेट्रोलियम पदार्थको आयात गर्दा ठूलो धनरासी बाहिरिने भएकाले सरकारले त्यसको विस्थापन गर्ने योजना बनाएको बताएका हुन् ।

‘अब घर–घरमा इन्डक्सन चुलो जोडिन्छ, त्यसका लागि सरकारले विशेष योजना बनाउँदैछ’ मन्त्री पुनले भने ।

उनले विद्युतको राष्ट्रिय प्रसार लाइनमा सौय उर्जा र वायू उर्जा जोड्ने गृहकार्य भइरहेको भन्दै दशहजार मेगावाट विद्युत उत्पादन हुँदा १ हजार वायु र सौर्य उर्जा मिक्स गर्ने तयारीमा सरकार लागिरहेको बताए ।

त्यस्तै, मन्त्री पुनले केन्द्रीय विद्युत नपुगेका ठाउँमा सरकारले सोलार ग्रीड पुर्याउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्