आज सुन र चाँदी दुवैको भाउ बढ्यो

काठमाडौं,३ बैशाख । सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेर १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १७ सय १५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३५८ डलर र चाँदी प्रतिऔंस २८ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्