लुम्बिनीमा आजदेखि अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन शुरु ,२२ वटा देशका बुद्धिस्टहरुको सहभागिता
काठमाडौं । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरेका छन् ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने बताइए पनि उनी अनुपस्थित भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले उदघाटन गरेका हुन् ।
‘लुम्विनी, नेपाल भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तिको मुहान’ नारासहित दुई दिने सम्मेलन शुरु भएको हो ।
सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २२ वटा देशका विभिन्न तहका बुद्धिस्ट अगुवाहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा नेपाल र विदेशका बौद्ध धर्म, बौद्ध दर्शन, संस्कृतितथा सम्पदासम्बन्धी प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताहरुबाट विभिन्न १३ शीर्षकमा ३५ बढी कार्यपत्र प्रस्ततु गर्ने कार्यक्रम रहेको सम्मेलनका मिडिया संयोजक शरद प्रधानले जानकारी दिए ।
सम्मेलनले ‘लुम्बिनी, नेपाल भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उदगम भूमि तथा विश्व शान्तिको मुहान’नारालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने, वृहत्तर लुम्बिनी विकास क्षेत्रलाई अन्तराष्ट्रिय बौद्ध हवका रूपमा विकास गर्ने तथा दिगो विकासका लागि प्रबद्र्धन गर्ने,लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रको रूपमा विकास गर्ने र नेपालको संस्कृति, सम्पदा, तथा धार्मिक पर्यटनको विस्तार र प्रबद्र्धन गर्ने उद्देश्य लिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए ।
लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरुले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर प्रचारप्रसार गर्ने बताए ।
अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्रा्ष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकास कोषको सचिवालयले जनाएको छ ।
गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंका लगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर,प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी छन् ।
सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्