सुनचाँदीको मूल्यमा ठूलो गिरावट, एकै दिनमा घट्यो प्रतितोला दुई हजार दुई सय रुपैयाँ

काठमाडौं,२ बैशाख । नयाँ सालको पहिलो कारोबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । आज सुनको मूल्यमा प्रतितोला दुई हजार दुई सय रुपैयाँ र चाँदी को मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।

वर्षको अन्तिम दिन चैत ३० गते, शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँको उच्चस्तरमा पुगेको थियो । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आईतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर एक हजार ७०० रुपैयाँमा कारबार भैइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्